मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोसी बाढीपछि स्याङ्जाका ८ जना अझै बेपत्ता ।

1.8K
SHARES
भोटेकोसी बाढीपछि स्याङ्जाका ८ जना अझै बेपत्ता ।

भाद्र २१, स्याङ्जा । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पछि स्याङ्जाका ८ जना अझै सूचना अधिकारी रमेश दत्त अवस्थीका अनुसार उनीहरू विभिन्न कारणले रसुवा पुगेका बेला बाढीपछि सम्पर्क विहीन भएका हुन् ।

बेपत्ता हुनेमा कालीगण्डकी गाउँपालिका ४ का ५४ वर्षीय गुरुदत्त पाण्डे, भीरकोट नगरपालिका ५ का ७० वर्षीय कृष्ण अर्याल र ६८ वर्षीया राधा अर्याल छन् ।
त्यस्तै चापाकोट नगरपालिका १० का ४१ वर्षीया दिनामनी पंगेनी, वालिङ नगरपालिका १४ का २८ वर्षीय प्रहरी सहायक निरीक्षक समबहादुर थापा, कालीगण्डकी गाउँपालिका ४ का ३० वर्षीय हवलदार रोहन राना, भीरकोट नगरपालिका २ का ३१ वर्षीय गणेश कार्की र कालीगण्डकी गाउँपालिका ३ का ५२ वर्षीय तिलक राना पनि हालसम्म सम्पर्कविहीन रहेका छन् ।
प्रहरीका अनुसार बेपत्ता भएका मध्ये केही गोसाइँकुण्ड यात्राका क्रममा रसुवा पुगेका थिए भने केही रोजगारी तथा कार्यक्षेत्रको सिलसिलामा त्यहाँ रहेका थिए । अन्य केही व्यक्ति विभिन्न व्यक्तिगत कामका लागि रसुवा पुगेको खुलेको छ ।
भोटेकोसीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि उनीहरूको अवस्था अज्ञात बनेको हो । स्याङ्जा प्रहरीले सम्बन्धित परिवारसँग समन्वय गर्दै उनीहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको जनाएको छ ।



karmacharikhabar   
  • २०८३ भाद्र २१, आईतवार ११:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार