मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीतिसँगै कृषि कर्ममा रमाउँदै स्याङ्जाका यामप्रसाद अधिकारी ।

  • karmacharikhabar
  • २०८३ कार्तिक १२, बुधबार
1.4K
SHARES
राजनीतिसँगै कृषि कर्ममा रमाउँदै स्याङ्जाका यामप्रसाद अधिकारी ।

स्याङ्जा । भिरकोट नगरपालिका–५, बयरघारीका स्थानीय बासिन्दा यामप्रसाद अधिकारी (लक्ष्मण) व्यवसाय, कृषि, राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आउनुभएको छ ।  मेहनत र लगनशीलतालाई आफ्नो यात्राको आधार बनाएका अधिकारीले विभिन्न क्षेत्रमा सक्रिय रहँदै आफ्नो पहिचान स्थापित गर्दै आउनुभएको हो ।

पेशाले फर्निचर व्यवसायमा आबद्ध अधिकारीले लामो समयदेखि व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ  । व्यवसायसँगै राजनीतिमा सक्रिय उहाँ पछिल्लो समय कृषि कर्ममा समेत उत्तिकै अग्रसर हुनुहुन्छ । उहाँले सुन्तला खेती र सिताके च्याउ खेतीमार्फत कृषि व्यवसायलाई अगाडि बढाइरहनुभएको छ ।

व्यवसायबाट आफ्नो कर्मयात्रा अघि बढाउनुभएका अधिकारीले राजनीतिलाई पनि सामाजिक जिम्मेवारीका रूपमा अघि बढाउँनुभएको छ । नेपाली कांग्रेसको नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका उहाँ हालै सम्पन्न पार्टीको १५औँ महाधिवेशनबाट स्याङ्जा क्षेत्र नं. २ (क) को प्रदेश सभापतिमा निर्वाचित हुनुभएको थियो ।

राजनीति, व्यवसाय र कृषि कर्मलाई एकसाथ अघि बढाउनु सहज छैन । समयको व्यवस्थापन, निरन्तर मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धता आवश्यक पर्ने यी क्षेत्रलाई अधिकारीले समानान्तर रूपमा अघि बढाइरहनुभएको छ । सामाजिक कार्यमा समेत सक्रिय रहँदै आउनुभएका उहाँले आफ्नो व्यस्त दैनिकीबीच विभिन्न क्षेत्रमा संलग्नता कायम राख्नुभएको छ ।
कृषि क्षेत्रमा उहाँको सक्रियताले परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउने प्रयासलाई पनि झल्काउँछ । सुन्तला र सिताके च्याउ खेतीमा संलग्न अधिकारीको यात्रा व्यवसायसँगै कृषि कर्मलाई समेत प्राथमिकता दिन सकिने उदाहरणका रूपमा हेर्न सकिन्छ ।



karmacharikhabar   
  • २०८३ कार्तिक १२, बुधबार ०३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार