मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राम्दीको आर्क पुलको क्षमता परीक्षण, २२० टन भार राखियो ।

1.4K
SHARES
राम्दीको आर्क पुलको क्षमता परीक्षण, २२० टन भार राखियो ।

भदौ २२, स्याङ्जा ।    स्याङ्जा–पाल्पा जोड्ने राम्दी स्थित कालीगण्डकी नदीमाथिको नयाँ आर्क पुलको भारवहन क्षमता परीक्षण गरिएको छ । परीक्षणका क्रममा पुलमाथि एकैपटक २२० टन भार राखिएको थियो ।
उक्त परीक्षणमा १० चक्के पाँचवटा टिप्पर र एउटा १० चक्के ट्रक पुलमा राखेर संरचनाको क्षमता जाँच गरिएको हो । ठूलो भार राख्दा पनि पुलमा करिब ३० मिलिमिटर मात्रै लचकता देखिएको बताइएको छ ।
परीक्षणबाट पुलको संरचनात्मक अवस्था सन्तोषजनक देखिएको र भारवहन क्षमताका हिसाबले पुल सफल रहेको प्राविधिक पक्षले दाबी गरेको छ ।
कालीगण्डकी माथि निर्माण भएको यो पुल सञ्चालनमा आएपछि स्याङ्जा र पाल्पाबीचको सडक सम्पर्क थप सहज हुनेछ । साथै गण्डकी र लुम्बिनी प्रदेश बीचको आवागमन तथा यातायातमा समेत यसले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।



karmacharikhabar   
  • २०८३ भाद्र २२, सोमबार ०१:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार